काठमाडौं । नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार २ सय ५७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २१, खोटाङका १, मोरङका १०८, ओखलढुङ्गाका १, पाँचथरका १, सुनसरीका ८, उदयपुरका २, बाराका ४२, धनुषाका ६४, महोत्तरीका २४, पर्साका १२८, रौतहटका ३७, सप्तरीका ३, सर्लाहीका १०७, सिरहाका १६, भक्तपुरका १७, चितवनका ४९, धादिङका २, दोलखाका २, काठमाडौँका १३८, काभ्रेका २१ र ललितपुरका ५० जनामा कोरोना पुष्टि भएको छ।
यस्तै मकवानपुरका ३०, सिन्धुलीका १, सिन्धुपाल्चोकका ३, बाग्लुङका ३, गोरखाका २, कास्कीका १६, लमजुङका १, नवलपरासीका ४, स्याङ्जाका १, तनहुँका २, बाँकेका ६, बर्दियाका ९, दाङका १, कपिलवस्तुका १९, नवलपरासीका १, रोल्पाका १, रुपन्देहीका १४, दैलेखका ५, रुकुमका १, सुर्खेतका १, दार्चुलाका २, डोटीका ४६, कैलालीका १ तथा कञ्चनपुरका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसको संक्रमण निको भएर थप ८५ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १७ हजार ५८० पुगेको छ।
प्रकाशित मितिः २०७७ भदौ २ मंगलबार
Comments