काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा बितेको २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको छ ।
प्रकाशित मितिः २०७७ भदौ २ मंगलबार
Comments