काठमाडौं । पछिल्लो २४ घन्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सहित नेपालमा हालसम्म १७ हजार ५ सय ८० उपचारपछि निको भएका छन्। हाल १३ हजार ९ सय २६ जना हाल क्वारेन्टाइनमा छन् । आइसोलेसनमा १० हजार ५ सय ८० जना रहेका छन्।
कुल कोरोना निको हुनेको संख्या ६२.२ प्रतिशत रहेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएर घर फर्किएको आजको प्रेस ब्रिफिङमा प्राडा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
कुन प्रदेशमा कति भए संक्रमण मुक्त ?
प्रदेश १ मा १११३ जना
प्रदेश २ मा ३७४२ जना
वाग्मती प्रदेश ७१८ जना
गण्डकी प्रदेशमा १५५० जना
प्रदेश ५ मा ४२८९ जना
कर्णाली प्रदेशमा १९५७ जना
सुदूरपश्चिम प्रदेशमा ४२११ जना
प्रकाशित मितिः २०७७ भदौ २ मंगलबार
Comments