भक्तपु । कोरोनाको कहरलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले सार्वजनिक यातायात भोलीबाट बन्द गर्ने भएको छ ।
नगरपालिकाले कोराना जोखिम न्युनिकरण गर्ने उदेश्का साथ सार्वजनिक यातायातमा रोक लगाउन लागेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बठैकले भोली भदौ ३ गते बुधबार बाट भक्तपुर नगर क्षेत्रमा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन लागेको हो ।
।
प्रमुख प्रजापतिले भने उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जानु र यसको प्रत्यक्ष प्रभावमा भक्तपुर नगर समेत पर्दै गएकाले भदौ ३ देखि१५ गते सम्मका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्ण गरिएको हो ।
प्रकाशित मितिः २०७७ भदौ २ मंगलबार
Comments