काठमाडौं । मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ८४७ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपाल प्रहरीका ६२० र सशस्त्र प्रहरीका २२७ जना गरी ८४७ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका २४० जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १२७ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल ३८० जना सक्रिय संक्रमित छन् ।
जसमध्ये प्रहरी प्रधान कार्यालयकै १५५, काठमाडौं उपत्यकाका ३०, प्रदेश १ का २३, प्रदेश २ का ४६, वाग्मती प्रदेशका ४०, गण्डकी प्रदेशका २२, प्रदेश ५ का ५२,कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ५ जना सक्रिय संक्रमित छन् ।
यस्तै सशस्त्र प्रहरीतर्फ ९३ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ३८, प्रदेश २ का ३७ , वाग्मती प्रदेशका १६ र प्रदेश ५ का २ जना संक्रमित छन् ।
प्रकाशित मितिः २०७७ साउन ३२ आइतबार
Comments