डोटी । विप्लब समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई जिल्लामा रहेका विभिन्न ठाउँका एनसेलको टावरमा आगजनी तथा क्षति गरेको आरोपमा बडिकेदार गाउँपालिका(१ बिपिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकराज पाण्डेले बताए।
पक्राउ परेका बोहरासँग एनसेलमा गरिएको क्षतिलगायत अन्य गतिबिधिका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साउन ३२ आइतबार
Comments