काठमाडौं। नेपाल प्रहरीका एक डिआईजीलाई पनि कोरोना संक्रमण भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत डिआईजीलाई संक्रमण भएको हो । उनको अवस्था सामान्य छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका कर्मचारीमा संक्रमण बढिरहेको छ । शनिबारसम्म ५५१ जनामा कोभिड–१९ देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
संक्रमितमध्ये दुई सय १३ जना निको भएका छन् । अन्य संक्रमित सबै प्रहरीको अवस्था पनि सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।
प्रकाशित मितिः २०७७ साउन ३२ आइतबार
Comments