विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमित ५० वर्षीया महिलालाई विराटनगरको न्यूरो अस्पतालबाट अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शनिबार रिफर गरिएको थियो ।
ती महिलाको आइतबार बिहान १२ बजेर ३० मिनेटमा निधन भएको उनले बताए । प्रवक्ता डा। सापकोटाका अनुसार मृतक महिलामा दीर्घकालीन रोगसँगै फोक्सो र थाइराइडको समस्या थियो । शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साउन ३२ आइतबार
Comments