चितवन । भरतपुर अस्पतालका प्रमुखसहित चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।
यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा।भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा।सुनिलमणि पोखरेललाई कोरोना सङ्क्रमण देखिएको छ ।
आकस्मिक कक्षका एक चिकित्सक र एक स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए । सोही अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गरेर शनिबार मात्र काठमाडौँ फर्किएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ ।
प्रकाशित मितिः २०७७ साउन ३२ आइतबार
Comments