काठमाडौं । अमेरिकामा आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार ११ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७२ हजार ५४६ पुगेको छ ।
यस्तै एकैदिन थप ५० हजार ४६१ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५५ लाख २६ हजार ७२७ पुगेको छ।
संक्रमितमध्ये अहिलेसम्म २८ लाख ९७ हजार ७९४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २४ लाख ५६ हजार ३८७ जनामध्ये १७ हजार १८६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साउन ३२ आइतबार
Comments