काठमाडौं । कतारमा कोरोना भाइरसको संक्रमणले १८ जना नेपालीको मृत्यु भएको छ । कतारमा कोरोनाले मृत्यु भएका १९२ जनामध्ये १८ जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे नखुलाइएकाले कति नेपाली संक्रमित छन् भन्नेबारे केही खुलाइएको छैन । यसैबीच कतारमा कोरोना संक्रमितको संख्या घट्दै जान थालेको छ । विगत केहि दिनको तुलनामा कोरोना संक्रमितको संख्या न्यून रहेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कतारमा पछिल्लो २४ घण्टामा ३ हजार ७६७ जनाको कोरोना परीक्षण गरिएकोमा २७७ जनालाई कोरोना पुष्टी भएको छ । योसंगै कतारमा संक्रमितको संख्या १ लाख १४ हजार ८०९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामै २४७ जना संक्रमितलाई निको भएका छन् । योसंगै कतारमा उपचारपछि निको हुनेको संख्या १ लाख ११ हजार ५०५ पुगेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ५ लाख ४६ हजार २८५ जनाको परीक्षण गरिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ३२ आइतबार
Comments