भक्तपुर । भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले गिरीलाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–५ चुनदेवी बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका–५ कुर्कन्टार घर भएका १९ वर्षीय गंगा गिरी रहेको प्रहरीले जनाएको छ ।
गिरीले सोही नगरपालिका चुनदेवीस्थित आफैले संचालन गरेको ड्राईभिङ सेन्टरको कार्यालय कोठामा ललाई फकाई ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साउन ३१ शनिबार
Comments