काठमाडौं । आज शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
कपिलवस्तु, पर्सा र धनुषामा एक र एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०२ पुगेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ ।
ज्यान गुमाउनेमध्ये ८० जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आज देशभर ४६८ जना नयाँ संक्रमित थपिएका छन् ।
प्रकाशित मितिः २०७७ साउन ३१ शनिबार
Comments