काठमाडौं । आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना भाइरस रोग९कोभिड –१९० पुष्टि भएको जानकारी दिएको हो ।
११ हजार ४७ पीसीआर परीक्षण गरिएकोमा ४६८ लाई कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार काठमाडौं उपत्यकामा १०० जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ८०, ललितपुरमा ११ र भक्तपुरमा ९ जनामा नयाँ संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । आज थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साउन ३१ शनिबार
Comments