सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये चार बालबालिकासहित १० जनाको शब फेला परेको छ । नेपाली सेना, प्रहरी र स्थानीयले पहिरो हटाएर शब निकालेका हुन् ।
पानी परेकाले उद्धारमा समस्या भएको प्रहरीले जानकारी दिएको छ । पहिरो स्थलमा गृहमन्त्री रामबहादुर थापा सहित उच्च सरकारी टोलीहरु पुगेका छन् । जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट १५ हजार सहयोग मन्त्री थापाले पीडितहरुलाई हस्तान्तरण गरेका थिए । मन्त्री सहितको टोलीले खाद्यन, लताकपडालगायतका आवश्यक सामग्री पहिरो पीडितहरुलाई दिएका थिए ।
प्रकाशित मितिः २०७७ साउन ३० शुक्रबार
Comments