काठमाडौं । नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।
जसमध्ये ७७ पुरुष र २२ महिला रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप ४ जनाको कोरोनाले मृत्यु पुष्टि भएको जानकारी दिएहा हुन् ।
मन्त्रालयका अनुसार आज मोरङ र सिरहाका १-१ जना परुष र बाराका २ पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको हो ।
प्रकाशित मितिः २०७७ साउन ३० शुक्रबार
Comments