काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबार ११९ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १५७१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका २३ जनामा ,भक्तपुरका ३ जना र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा ललितपुरका ३ जना र काठमाडौँका १६ जना , धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जना ,बीएनबी अस्पतालमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १३ जना , स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ६ जना र भक्तपुरका २ जना , पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ४ जना , भक्तपुरका १ जना र ललितपुरका २६ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरि ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १० जनामा , नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौँका ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रकाशित मितिः २०७७ साउन ३० शुक्रबार
Comments