काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ ।
शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३९ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ५९४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ ।
शुक्रबारसम्म १४ हजार ६ सय ३८ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ९ सय १३ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख ९४ हजार ६ सय १३ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
प्रकाशित मितिः २०७७ साउन ३० शुक्रबार
Comments