काठमाडौं । पछिल्लो २४ घन्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यो सहित नेपालमा हालसम्म १७ हजार ५ सय ७५ उपचारपछि निको भएका छन्। हाल १४ हजार ६ सय ३८ जना हाल क्वारेन्टाइनमा छन् । आइसोलेसनमा ७ हजार ६ सय १३ जना रहेका छन्।
कुल कोरोना निको हुनेको संख्या ६६ दशमलव ८ प्रतिशत रहेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएर घर फर्किएको आजको प्रेस ब्रिफिङमा प्राडा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
प्रकाशित मितिः २०७७ साउन ३० शुक्रबार
Comments