भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका–९ फैढोकास्थित टहरोभित्र जुवातास खेलिरहेको अवस्थामा जुवाखालबाट तीन लाख ३८ हजार ३४५ सहित नौ जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।
कुखुरापालनका लागि बनाएको टहरामा जुवातास खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–५ घर भई हाल भक्तपुर कमलविनायक बस्ने ३९ वर्षीय सागर लामिछाने, काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका दुई घर भई हाल भक्तपुर कमलविनायक बस्ने ४० वर्षीय श्याम शाक्य छन् ।
यस्तै रामेछाप दोरम्बा गाउँपालिका तीन घर भई हाल काठमाडौँ सुन्धारा बस्ने २९ वर्षीय सुमन श्रेष्ठ, ओखलढुङ्गा खिजीकाती गाउँपालिका–९ घर भई हाल भक्तपुर ब्यासी बस्ने ३९ वर्षीयको आशिष खत्री, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ घर भएका ४७ वर्षीयको दानबहादुर सुवाल, रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल कमलविनायक बस्ने २९ वर्षीय चेतबहादुर थापा मगर रहेका छन् ।
काभ्रे चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने २९ वर्षीय समीर तामाङ, मकवानपुर हेटौँडा उपमहानगरपालिका– १८ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ३३ वर्षीय कृष्णबहादुर मोक्तान र रामेछाप दोरम्बा गाउँपालिका–३ घर भई हाल काठमाडौँ ठूलो भर्याङ बस्ने २८ वर्षीय नारायण थापा मगर पक्राउ परेको प्रहरीले जनाएको छ
प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार
Comments