भक्तपुर । बहुबिवाह मुद्दाका ४ बर्षदेखि फरार रहेका एक जनालाई भक्तपुर प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ तौलाछें बस्ने २७ वर्षीय सबिन प्रजापति रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार मुना शिल्पकारको जाहेरीले प्रजापतिलाई बहुबिवाह मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०७६ जेठ २ गते १ बर्ष ५ महिना १० दिन कैद र १५ हजार जरिवाना तोकि फरार रहेको उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
आज पक्राउ गरी प्रजापतिलाई जिल्ला अदालत भक्तपुर पेश गरिएकोमा फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौं पठाईएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार
Comments