काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जना व्यक्ति कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २१३ जना संक्रमितहरु कोरोना मुक्त भएर घर फर्केको बताए।
प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ११ हजार २ सय ४९ जना पुगेको छ।
प्रकाशित मितिः २०७७ साउन ०१ बिहिबार
Comments