भक्तपुर । भक्तपुरमा टाउकोमा ढुँगाले हानेर एकको हत्या भएको छ । भक्तपुर नगरपालिका वडा नं ४ गहिटिमा एक व्यक्ति हत्या गरि छाडेको अवस्थामा फेला परेको छ । आज विहान गहिटी स्थित जंगम मठमा रहेको पाटीमा हत्या गरि छाडिएको अवस्थामा वतन नखुलेको अन्दाजी बर्ष ४५ को जडिबुटि उपनामाले चिनिने कृष्ण तामाङ मृत अवस्थामा फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका घर भई हाल सोही गहिटी क्षेत्रमा बसी ज्याला मजदुरी काम गर्ने बर्ष ३० को ईन्द्र बहादुर तामाङले आपसी विवाद हुँदा ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता दिपक गिरिले जानकारी दिए । उनले हत्याको बास्तविकता बारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएका छन् ।
प्रहरीका अनुसार मृतकको टाउको, निधार र चिउडोमा चोट लागेको देखिएकोले कर्तब्य गरी मारिएको देखिएका बताएको छ । तत्काल कर्तब्य गरी मार्ने अभियुक्तहरुलाई खोजतलास गर्ने क्रममा जिल्ला सिन्धुली साविक लाम्पानटार गा.वि.स. वडा नं. ६ हाल जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका घर भई हाल सोही गहिटी एरियामा बसी ज्याला मजदुरी काम गर्ने बर्ष ३० को ईन्द्र बहादुर तामाङले आपसी विवाद हुँदा ढुंगाले टाउकोमा प्रहार गरी कर्तब्य गरी मारेको भन्ने खुल्न आएको हुँदा निजलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।
प्रकाशित मितिः २०७७ असार १५ सोमबार
Comments