भक्तपुर । भक्तपुर सर्यविनायक कटुन्जे ५ मा डेरा गरि बस्ने १४ बर्षीय वालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।पाटन अस्पतालमा स्वस्थ्य परीक्षण गराउने क्रममा १४ बर्षीय बालिकामा संक्रमण पुष्टि भएको स्वास्थ कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
बालिकाको स्थाई ठेगाना ललितपुर प्युटार वडा नम्वर ४ भए पनि उनी अभिवावक संग भक्तपुर कटुन्जे बस्दै आएको प्रमुख मिजारले बताए ।
शनिवार मन्त्रालयको प्रेस विफिङमा ललितपुरका एक जना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । त्यस लगतै संक्रमित खोज्ने क्रममा ललितपुरमा नभेटिए पछि भक्तपुरमा खोजी गर्ने क्रममा कटुन्जेमा डेरा गरि बस्ने खुल्न आएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताए ।
बालिकालाई शनिवार राति नै थप उपचारका लागि माहाराजगञ्ज स्थित शिक्षण अस्पतालमा पठाएको प्रमुख मिजारले बताए । संक्रमित बालिका डेरागरि बस्ने घरलाई सिल गरिएको छ भने अभिवावकलाई पनि शिक्षण अस्पतालको क्वारेनिटमा राखिएको छ ।
संक्रमित १४ बर्षीय बालिकाको संम्पर्कमा आएका ठिमी बृत्तका चार जना प्रहरी मध्य २ जना कोरीया मैत्री नगरपालिकाको अस्पतालको क्वारेन्टिमा राखिएको छ भने २ जना प्रहरीलाई होम क्वारेन्टिनमा राखिएको महानगरिय प्रहरी बृत्त ठिमीले जानकारी दिएको छ । संक्रमित वालिकालाई अस्पताल लैजाने क्रममा ४ जना प्रहरी बालिका संग नजिकिएका कारण क्वारेन्टिनमा राख्नु परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७७ असार १५ सोमबार
Comments