काठमाडौं। भारत हुँदै नेपालमा सलह प्रवेश गरेका छन्। बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झुण्ड भारतबाट प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका अनुसार , ‘बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बिचमा सहलको झुण्ड भारतबाट प्रवेश गरेको छ । कस्तो खालको सहल हो र संख्या कति छ भन्ने थाहा पाउनका लागि स्थानीय विज्ञहरु सो क्षेत्रमा गइसकेका छन् ।
मरुभूमि सलह हो वा अरु प्रकारको सहल हो भन्ने यकिन नभएको र यसबारे अध्ययन गरेपछि मात्रै थाहा बताइएको छ । ठूलो संख्यामा नरहेको प्रारम्भीक जानकारी रहेको र यी सहल आप्रवासी हुन सक्ने जनाइएको छ।
केही समयअघि अफ्रिका हुँदै भारतसम्म आएको सलहको हुल नेपाल पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्दै कृषि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो ।
सो कार्यदलले बनाएको कार्ययोजना अनुसार नै अब काम हुने बताइएको छ ।
प्रकाशित मितिः २०७७ असार १३ शनिबार
Comments