भक्तपुर । दुबईबाट जेठ २३ गते नेपाल आएर भक्तपुर खरिपाटी स्थित बिद्युत तालीम केन्द्रको क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु १७ दिनको क्वारेन्टाइन बसेर पिसिआरको रिर्पोट आउनु अघिनै घर गएका थिए भने उनीहरुको हाल पिसिआर रिर्पोट पोजेटिभ आएपछि कन्ट्याक ट्रेसिङ शुरु गरिएको छ । हाल उनीहरुलाई काठमाडौ स्थित टेकु अस्पतालमा उपचारको लागि पठाईएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनले भने, सबै भन्दा पहिला त खरिपाटी क्वारेन्टाइनमा बसेकोहरुको स्वाब परिक्षण कहाँ गर्ने भन्ने दुबिधा श्रृजना भएको थियो । भक्तपुरमा संकलन गरिएको स्वाब राजधानीमा रहेका स्वाब परिक्षण स्विकृति पाएको संस्थाले लिन नमानेपछि स्वास्थ्य मन्त्रालयको पहुँच लगाएर टिचिङ अस्पतालमा ढिलै भएपनि स्वाब परिक्षण गरिएको उनले बताए ।
१७ दिन सम्म क्वारेन्टाइनमा बसेकाहरुले स्वाब परिक्षणको रिर्पोट ढिला आउने भएपछि घर जान माग गरेको र सोहि अनुरुप उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने शर्त सहित घर पठाईएको मिजारले बताए ।
दुबईबाट आएका मध्य १० जनाको स्वाब क्वारेन्टाइनमा बसेको ११ दिनमा पठाइएको र सोको रिर्पोट ९ दिन पछि आएकोमा ४ जनामा संक्रमण पुष्टि भएको मिजार बताए ।
प्रकाशित मितिः २०७७ असार १२ शुक्रबार
Comments