काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । कुल संक्रमितमध्ये २,६५० जना भाइरसमुक्त भएर घर फर्किसकेका छन् । त्यस्तै कोरोना संक्रमणबाट आज थप दुई जना गरी कुल २६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
अहिले विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्। उनीहरूमध्ये पुरुषको सङ्ख्या धेरै छ। अहिले प्रदेश नं २ र ५ कोभिड-१९ बाट सर्वाधिक प्रभावित भएको देखिएको छ। कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ।
प्रकाशित मितिः२०७७ असार ११ बिहिबार
Comments