काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौंमा एक र भक्तपुरमा एक नयाँ संक्रमित थपिएका हुन्।
उनका अनुसार काठमाडौंका एक पुरूष र भक्तपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। देशभर आजमात्रै ६ सय २९ थप जनामा कोरोना संक्रमण देखिएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।
त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा ११३ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म २ हजार ३ सय ३७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
प्रकाशित मितिः२०७७ असार १० बुधबार
Comments