काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र थप एक जनाको मृत्यु भएको मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १०,०९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १० हजार ९९ पुगेको जानकारी दिएका हुन् ।
उनका अनुसार आज प्युठानका ५० जना, पाल्पाका ४८ जना, धनुषाका ३९, कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना, पर्वतका २१, बाजुराका २०, दाङका १९, सप्तरी र धादिङका १८/१८ जना, कञ्चनपुरका १७, बाग्लुङका १४, रौतहटका १३, तथा महोत्तरी र झापा १२/१२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, कास्की र तनहुँका ८/८ जना, सिराहा र अछामका ७/७ जना, सुनसरीका ६, लमजुङका ५, गुल्मीका ५, सल्यान र डडेलधुराका ४/४ जना, मोरङ, तेह्रथुम, अर्घाखाँची, सर्लाही र रुपन्देहीका २/२ तथा रुपन्देही, कालीकोट, हुम्ला र पर्वतका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमित भेटिएको छ ।
प्रकाशित मितिः २०७७ असार ०९ मंगलबार
Comments