भक्तपुर । भक्तपुर जिल्लामै पहिलो पटक कोभिड-१९ को पीसीआर परिक्षण हुने भएको छ ।
मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले कोरोना भाइरस परीक्षणका लागि पोलिमरेज चेन रियाक्सन पीसीआर ल्याब सञ्चालनको स्वीकृति पाएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्विकृति प्रदान अगावै ८ सय १२ जनाको पीसीआर परीक्षण गरिसकेको अस्पतालमा पीसीआर परिक्षणको दुबिधा अव हटेको छ ।
पीसीआर मेसिन सञ्चालनको अनुमति पाएको जानकारी दिँदै नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठ भन्छन्, ‘मध्यपुर थिमि नगरले दातृ संस्थासँगको समन्वयमा पीसीआर मेसिन जडान गरी आफ्नै खर्चमा कोभिड–१९ परीक्षणको सुविधा उपलब्ध गराउँदै आएको छ ।’
उनले भने, ‘अस्पतालले तीन महिना अघिदेखि ल्याब स्वीकृतिको माग गर्दै पटक–पटक अनुगमन गरिदिन आवेदन समेत दिएको थियो ।’
अस्पतलाले स्विकृति पाएसँगै अव भक्तपुरमा संकलन गरिएको स्वाब परिक्षणका लागि टुेकु सम्म धाउन पर्ने बाध्यताको अन्त्य भएको श्रेष्ठले बताए । यस अस्पतालमा परिक्षण गरिएका स्वाब नमुनाको रिर्पोट पनि नगरपालिकाले नेगेटिभ र पोजेटिभ कस्तो छ यसको समेत घोषणा गर्न पाउने अधिकार रहेको उनले जानकारी दिए । सरकारले कोरोना परिक्षणका लागि अस्पतालमा भिटिएम किड्स र बजेट समेत उपलब्ध गराउने भएको छ ।
आफ्नो नगरका स्थानायीले मात्र नभएर देशै भरका नागरिकले पीसीआर परिक्षणका लागि अस्पतालबाट सेवा लिन सक्ने उनले बताए ।
प्रकाशित मितिः२०७७ असार ०९ मंगलबार
Comments