अर्घाखाँची । शितगंगा नगरपालिका–७ जुवाकोटमा बिहीबार साँझ स्काईभेटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शितगंगा नगरपालिका–६ शिवदहका ४५ वर्षीय शंकर नेपाली रहेको प्रहरीले जनाएको छ ।
जलुकेबाट शिवदह आउँदै गरेको बा ३ क ३८४६ नम्बरको स्काईभेटरले नेपालीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।ठक्कर दिने स्काईभेटरसहित चालकलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०७ शुक्रबार
Comments