उदयपुर । उदयपुर र ललितपुर जिल्लाबाट बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उदयपुरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–७ बस्ने ४७ वर्षीय कुल बहादुर बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, ललितपुरमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ललितपुर बालकुमारी बस्ने सिन्धुली घर भएका २६ वर्षीय दिपक सार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०७ शुक्रबार
Comments