नेपालगञ्ज । कोरोना भाइरसका कारण भारतका विभिन्न सहरमा बिरामी बढ्दै गएपछि सो क्षेत्रमा काम गर्ने तथा भ्रमणमा रहेका नेपाली रोगका डरले ठूलो संख्यामा स्वदेश फर्किरहेका छन् ।
यहाँस्थित नेपाल–भारत जमुनाहा नाकामा सवारी साधन सञ्चालनमा बुधबारदेखि पूर्ण रुपमा रोक लगाइएको छ तर भारतमा रहेका नेपाली स्वदेश फर्किने क्रम तीव्र छ ।
भारतका विभिन्न ठाउँमा विभिन्न पेसा गरेर बसिरहेका तथा अन्य कामले गएका बुधबार मात्र करिब आठ हजार नेपाली स्वदेश फर्किएको सिमानास्थित जमुनाहा नाकाले जनाएको छ ।
सवारी साधनको आवागमन बन्द गरेर भारतबाट नेपाल आउने सबैको स्वास्थ्य परीक्षण सुरु गरिएपछि बुधबार दिनभरि मात्र सात हजार ७२३ नेपाल भित्रिएको र सबैको स्वास्थ्य परीक्षण गरिएको जमुनाहामा सञ्चालित सर्भिलेन्स तथा परामर्श केन्द्र हेल्थ डेस्कका स्वास्थ्यकर्मी शरनबहादुर शाहीले बताए ।
प्रकाशित मितिः २०७६ चैत्र ०७ शुक्रबार
Comments