काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बिजेश्वरीबाट ५ जुवाडे पक्राउ परेका छन् ।
प्रहरीले बिजेश्वरीस्थित सरोज लामाको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ४३ वर्षीय सम्पुर्ण बुद्धाचार्यसहित ५ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो ।
नगद १ लाख ५३ हजार ४ सय रुपैयाँ र ३ बुक ताससहित महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०७ शुक्रबार
Comments