काठमाडौं । काठमाडौंको सानो भर्याङबाट १० लाख मास्कसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले युवराज न्यौपानेले सञ्चालन गरेको दीप ओभरसिज् ट्रेर्डसबाट उक्त परिमाणमा मास्क बरामद गरेको हो ।
पछिल्लो समय प्रहरीले मास्क कालोबजारीविरुद्धको अपरेसन सञ्चालन गर्दै आएको छ । यसअघि पनि प्रहरीले काठमाडौंबाट करिब १० लाखभन्दा बढी मास्क बरामद गरेको थियो ।
प्रकाशित मितिः २०७६ चैत्र ०५ बुधबार
Comments