धनुषा । विदेह नगरपालिका–९ स्थित सीमा इलाकाबाट मंगलबार एपीएफ टोलीले चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करिब एक लाख ९६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र जुत्ताचप्पल सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी र नम्बर ८ गण धनुषाबाट एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०५ बुधबार
Comments