काठमाडौं । खोटाङ, मोरङ र झापाका तीन स्थानमा मंगलबार आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ । खोटाङको हलेसी हात्तिटार बस्ने लोकेन्द्र माझिको घरबाट अचानक आगलागी हुँदा उनका छिमेकी सिता माझी र झन बहादुर थापा समेतको घरमा आगो फैलिन गई तीनै घरमा आगलागी हुँदा घर, सुनका गहरगना तथा अन्य सर–सामान जलि नष्ट हुँदा १७ लाख ३५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यसै गरी मंगलबार नै मोरङको बुढीगंगा–१ पुष्पलाल चोक बस्ने भवनाथ धमलाको घरमा किराना पसल समेत रहेको एक कोठामा बिजुलीको लाईन सट भई आगलागी हुँदा पसलको सामानहरु जलि नष्ट हुँदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै झापाको कमल गाउँपालिका–५ बस्ने धन बहादुर वि.क.को घरबाट बिजुली सर्ट भई आगलागी हुँदा छिमेकी सन्तोष वि.क. र सुजन वि.क. समेतको घरमा आगो फैलिएर तीनै घरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तीन स्थानमै लागेको आगो भने स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आइसकेको स्थानीय प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०५ बुधबार
Comments