सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-१ लखनदेही खोलाबाट लागुऔषध गाँजा ११ किलोसहित २ जना पक्राउ परेका छन्। आइतबार दिउँसो प्रहरीले महोत्तरीको महोत्तरी गाउँपालिका(१ पर्सा बस्ने २४ वर्षीय सुनिल यादव र सोही ठाउँ बस्ने २९ वर्षीय रामप्रताप यादवलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले ज ३ प ६०४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको जनाएको छ।
प्रकाशित मितिः २०७६ चैत ०३ सोमबार
Comments