काठमाडौं । काठमाडौंका पेट्रोल पम्पमा पेट्रोल भर्ने सवारीसाधनको लाम लाग्न सुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण पेट्रोल अभाव हुनसक्ने हल्लाका कारण लाम सुरु भएको हो ।
काठमाडौंको वसुन्धारामा रहेको नेपाल प्रहरीको पेट्रोल पम्पमा पेट्रोल भर्नेको लाम बढेको छ । सरकारले भने दैनिक उपभोग्य वस्तुको अभाव नभएको र नआत्तिन आग्रह गर्दै आएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०२ आइतबार
Comments