काठमाडौं । कलङ्की-कोटेश्वर सडकखण्डमा आइतबारदेखि दायाँबायाँ लेन नियम लागू भएको छ । लेन नियमअनुसार यात्रुवाहक बस, टिप्पर तथा ट्रक बायाँ लेनबाट र साना गाडी तथा मोटरसाइकल र स्कुटर दायाँ लेनबाट चलाउनुपर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ठूला गाडीका कारण साना गाडी दुर्घटना पर्ने जोखिम धेरै भएकाले नयाँ लेन नियम लागू गरेको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले यसअघि जडिबुटीबाट सूर्यविनायकसम्मको सडकमा दायाँबायाँ लेन नियम लागू गरेको थियाे ।
सबै नागरिकहरूलाई लेन प्रयोगसम्बन्धी जानकारीका ३० भन्दा बढी जानकारीमूलक बोर्डहरू राखिएका छन्। उक्त सडकखण्डका चोकहरूमा लेन प्रयोगसम्बन्धी प्ले कार्डहरू बोकी ट्राफिक प्रहरीहरूद्धारा जानकारीसमेत प्रदान गर्ने गरिएको छ।
प्रकाशित मितिः २०७६ चैत्र ०२ आइतबार
Comments