काठमाडौं । नागार्जुन नगरपालिका–८ भिमढुङ्गाबाट ६ जुवाडे पक्राउ परेका छन् । भिमढुङ्गास्थित दिपकराज भट्टराईको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका–९ घर भई हाल नागार्जुन नगरपालिका–८ बस्ने ३० वर्षीय लिला बहादुर तामाङ लगायत ६ जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।
नगद २६ हजार ७ सय र १२ बुक तास सहित रुपैयाँसहित महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, कास्कीको पोखरा महानगरपालिका–११ भानुमार्गस्थित प्रेम बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–११ फुलवारी बस्ने ४३ वर्षीय चक्र बहादुर गुरुङ लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०२ आइतबार
Comments