बारा । बारामा अवैध रुपमा सञ्चालित १८ वटा मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतबाट खटी गएका प्रहरी टोलीले जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर उपमहानगरपालिका, कोल्हवी नगरपालिका, प्रसौनी गाउँपालिका, विश्रामपुर गाउँपालिका, आदर्श कोतवाल गाउँपालिकालगायत अन्य विभिन्न स्थानहरुबाट अवैध रुपमा सञ्चालन रहेको १८ वटा घरेलु मदिरा भट्टी नष्ट गरेको हो ।
त्यसक्रममा तयारी घरेलु मदिरा अन्दाजी ३ सय लिटर र अन्दाजी अन्दाजी १३ हजार १६० लिटर मदिरा बनाउन राखिएको कच्चा पदार्थसमेत नष्ट गरिएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनाएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०२ आइतबार
Comments