म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा शनिबार राति चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
शनिबार राति चट्याङ लागेर घाइते भएका उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०२ आइतबार
Comments