काठमाडौं । एपीएफ टोलीले धनुषा र महोत्तरी जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ गरेको छ । महोत्तरीको सम्सी गाँउपालिका-६ कनहस्थित सीमा इलाकाबाट शुक्रबार गते एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स र नाईट्रोभेट नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिबास नगरपालिका–२ बस्ने २२ वर्षीय बिरेन्द्र मण्डल रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले मण्डललाई कोरेक्स १७ बोतल र नाईट्रोभेट ट्याब्लेट १३ वटासहित पक्राउ गरेको हो ।
पक्राउ परेका मण्डललाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलगाभाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले धनुषाको मुखियापट्टी गाँउपालिका–५ जमुनीघाटस्थित सीमा इलाकाबाट एक्सीप्लोन नामक लागूऔषध १० बोतलसहित शुक्रबार नै एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ३४ वर्षीय रमेशकान्त चौधरी रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक छतकुलीले जानकारी दिए ।
ज ८ प ७७८७ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०२ आइतबार
Comments