सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका–२ मा शनिबार साँझ ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय कैलाश सरदार रहेको प्रहरीले जनाएको छ । सकरदही कोशीबाँधको बाटोमा ना ३ त १००३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पुलमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा वीपि कोइराला श्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०२ आइतबार
Comments