रुपन्देही । लुम्बिनीको मोगलहाबाट अवैध रुपमा ल्याइएका खसीसहितको ट्रकलाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान इलाका प्रहरी कार्यालय लुम्बिनीले अवैध रुपमा ल्याइएका खसीसहितको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले लुम्बिनीको मोगलहाबाट ट्रक सहित करिब २५ लाख बराबरको अवैध खसी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका खसीसहितको ट्रकलाई थप कार्वाहीको लागि भैरहवा भन्सार कार्यालय पठाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०२ आइतबार
Comments