भक्तपुर । भक्तपुर जिल्ला चागुँनारायण नगरपालिका–९, ताथलीमा मिनी टिपरले ठक्कर दिँदा १८ महिने बालकको मृत्यु भएको छ ।
आज बिहान ८ बजे ताथलीको जय ब्रम्हायणी इट्टाभट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको मिनी टिपरले सोही इट्टाभट्टामा काम गर्ने सर्लाहीको जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानको १८ महिनाको छोरा शिशिर मोक्तानलाई ठक्कर दिएको थियो । घाइते भएका शिशिरलाई मध्यपुर अस्पताल पुर्याउने क्रममा मृत्यु भएको भनी चिकित्सकले घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
ठक्कर दिने सवारी साधन र सवारी चालक भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैंजुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
प्रकाशित मितिः २०७६ चैत १ गते शनिबार
Comments