चितवन । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा शनिबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८६ वर्षीय गज बहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट मुग्लिन तर्फ आउँदै गरेको प्रदेश ३ ०२—०१२ प ४४४१ नम्बरको मोटरसाइकलले पैदल हिडीरहेका गुरुङलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७६ माघ १२ आइतबार
Comments