झापा । दमक नगरपालिका–१० नयलबारीमा शनिबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–९ का ३१ वर्षीय धिरेन तामाङ रहेको अस्थायी प्रहरी पोष्ट ताराबारीले जनाएको छ ।
प्रहरीका अनुसार को ३५ प १०५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिँदा गम्भीर घाइते भएका उनको उर्लाबारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रकाशित मितिः २०७६ माघ १२ आइतबार
Comments