काठमाडौं । नागर्जुन नगरपालिका–२ नाम्गेल चोकबाट ५ जुवाडे पक्राउ परेका छन् ।
प्रहरीले नाम्गेल चोकस्थित खोटाङ रुपाकोट घर भएका ३६ वर्षीय बम बहादुर बुढाथोकीको शान्ता खाजा घरबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।
नगद ३० हजार ६ सय रुपैयाँ र १ बुक ताससहित महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ माघ १२ आइतबार
Comments